‘समुदायमा सहकारीको आवश्यकता र महत्व’
बुधबार, असार ६
समुदायलाई अङ्ग्रेजी भाषामा कम्युनिटी भनिन्छ । कम्युनिटी ल्याटीन भाषाको कम्युनेट बाट आएको हो । कम्युनेटको अर्थ ‘सँगै मिलेर कार्य गर्ने’ भनेर बुझिन्छ । एउटै भूभागमा बस्ने रहनसहन, चालचलन, भेषभूषा, रितिरिवाज जस्ता सामाजिक परिवेशमा घुलमिल हुने मानिसको समूहलाई समुदाय भनिन्छ भने एकआपसमा मिलीजुली सहकार्य गर्न साथी, बान्धुबान्धव वा अन्य जोकोही व्यक्ति सहकारी हो । सहकारी भनेको सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रको रूपमा गरिने सोद्देश्य सामूहिक क्रियाकलाप हो । सामुदायिक सहकारीको यहीं अभिप्रायलाई लिएर आधुनिक अर्थशास्त्रीले आर्थिक समृद्धि र विकासको उद्देश्यका साथ स्थापित संघ संस्था नै सहकारी हो भनेका छन् । “एकका लागि सबै, सबैका लागि एक“ भन्ने मान्यता अनुसार सञ्चालन हुने हरेक सामुहिक क्रियाकलापलाई सहकारीता भनिएको छ । सहकारी आर्थिक समृद्धि र विकास गर्न संगठित संस्था हो जसले समुदाय तथा देश विकासमा सकारात्मक भावले निरन्तर रूपमा क्रियाकलाप गरिहेका हुन्छन्।
आधुनिक समृद्ध सहकारीको अवधारणा उन्नाइसांै शताब्दी पूर्वार्द (सन् १८४४ मा) बेलायतबाट भएको मानिन्छ । बेलायती विद्वान रोबर्ट ओवेन (१७०१ – १०५८) ले पहिलो पटक यस सम्बन्धी आफ्नो महत्वपूर्ण विचार प्रस्तुत गरे । यसले उनलाई आधुनिक सहकारीको पिता भनिएको छ । उनले व्यक्तिगत भन्दा सामूहिक क्रियाकलाप र सहकार्यमा बढी जोड दिएका थिए । यस आर्थिक क्रियाकलापले बेलायतमा सुख, समृद्धि र विकासको कारक हो भन्ने गरिन्छ । यसरी आर्थिक समृद्धिका संस्था स्थापना भएकाले सहकारीको अवधारणा बेलायतबाट आए पनि यसको पूर्व रूप पूर्विय सभ्यताको वैदिक वाङ्मयमा भेटिन्छन् । एकआपसमा मिलीजुली कार्य गर्ने संस्थालाई वेदको भनाईमा “सहनाववतु, सहनौ भुनक्तु, सह विर्य करवावहै” भनेर सहकारीको विवेचनाको पूर्व रूप हो । सहकार्यमा जुट्न जागरूक बनाउने “सहयात्रा गरौं” ‘सबैमा समभाव राखौं र सम्पूर्ण संसारलाई एक परिवारका रूपमा मानौँ’ जस्ता उदात्त विचार वेदमा रहेका छन् । पौराणिक वाङ्मयमा खुसीयालीका साथ उत्सवमा, रोगले आक्रान्त गर्दा, प्रकृति प्रकोपले सताउँदा जस्ता विभिन्न सुखदुःखमा सहयोग गर्ने व्यक्तिको समूह सहकारी हो भन्ने कुरा स्पष्ट गरिएको छ ।
समुदाय मात्र नभई सम्पूर्ण नेपालमा सहकारीको आवश्यकता बढेको पाइन्छ । नेपालमा भएका हरेक क्षेत्रमा सहकारीको आवश्यकता रहेको छ तर आर्थिक समृद्धि र विकासमा यसको अझै आवश्यकता देखिएकाृ छ । समाजमा भएका हरेक क्षेत्रमा यसको आवश्यकता हामीले महसुस गरेका छांै । सहकारी विभागको वि. सं २०७७ को तथ्याङ्क अनुसार २९, ८८६ सहकारी सञ्चालन गरिएको छ । तर पनि विभिन्न क्षेत्रमा सहकारी अभाव पाइन्छ । यसको सहज रूपमा परिचालन हुन नसकेकाले यसलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन एकदमै जरुरी देखिएको छ ।
मानव सभ्यताको विकास मानव बिचमा रहेको पारम्परिक सहयोग र सहकार्यले सम्भव भएको छ । मानिस एक्लैले पूरा गर्न नसकेको आवश्यकता सहकारीको माध्यमबाट परिपूर्ति गरेका छन् भन्ने विभिन्न उदाहरण विगतका तथा तत्कालीन समयमा भेटिन्छन् । त्यसैगरी नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकता नदिए सम्म आत्मनिर्भरता यात्राको थालनी हुन सक्ने छैन । त्यसैरी यो कार्य तथा अन्य विभिन्न कार्यलाई प्रभावकारी रूपमा बढावा दिन वर्तमान समयमा यसको आवश्यकता बढेको छ ।
नेपालमा सहकारीको अपरिहार्य महत्व रहेको छ । नेपालका विभिन्न क्षेत्रमा यसले महत्वपूर्ण योगदान पुर्याएता पनि आर्थिक समृद्धि र विकासमा यसको महत्व विशिष्ट रहेको छ । कुनै पनि देशमा विकासको मुख्य आधार आर्थिक समृद्धि हो । धेरै जसो देशले आर्थिक समृद्धि सहकारीको माध्यवबाट देशमा हासिल गरेका छन् । जस्तै भारत, अमेरिका, बेलायत जस्ता विभिन्न देशले यसको माध्यमबाट आफ्नो राष्ट्रलाई एक विकसित मुलुक बनाएका छन् । त्यसैगरी हाम्रो हिन्दु संस्कृतिका समूह, मण्डल, गपा, गुरुकुल एवम् नेवारी समुदायका नेवा दब तथा ग्रामीण समाजका ऐँचोपैँचो, सरसापट आदि सहकारीका पूर्व रूप हुन् । यस किसिमका सहकारीले पारस्परिक सहयोग र सहकार्यको माध्यमबाट विभिन्न पाटीपौवा धर्मशाला, चउरचौतारा आदिको निर्माण, वृक्षारोपण जस्ता मानवहितको सामाजिक विकासमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । गरिबी न्यूनीकरण गर्ने, स्थानीय स्रोतसाधनको सहि परिचालन गर्ने, विकासका पूर्वाधारहरू ग्रामीण क्षेत्रमा पनि सहज रूपमा पुर्याउने, कृषि क्षेत्रमा सुधार ल्याउने, स्थानीय स्तरबाट पुँजी सङ्कलन गर्ने, देशमा रोजगारी तथा स्वरोजगारीको अवसर प्रदान गर्ने, स्थानीय पर्यटकीय सम्पदाहरुको संरक्षण तथा सम्वर्धन गर्ने, पिछडिएको समुदायलाई आर्थिक. सामाजिक उत्थानबाट सम्रग रूपमा विकास गर्ने जस्ता महत्वपूर्ण कार्यहरू सहकारी संस्थाले विगतका केही दशक देखि गर्दै आएका छन् । त्यसैले वर्तमान समयमा मात्र नभएर आउँदो युगमा पनि यसको आवश्यकता भएकाले यसको अविस्मरणीय महत्व रहेको छ ।
सहकारी संस्था नेपालमा वि. सं. २०२३ मा स्थापना भएको थियो। वि.सं २०२३ देखि आजको समयमा पुग्दा अहिले सम्म लगभग ३०,००० सहकारी संस्था छन् । संख्यामा व्यति धेरै संस्था हुँदा हुँदै पनि हाम्रो नेपालमा आर्थिक विकासमा किन कमि आएको छ त? अहिले सम्म पनि किन विकसित मुलुक बनेको छैन? यस्ता धेरै प्रश्नहरू मेरो मनसा रहेको छ । जब देशको अर्थशास्त्रलाई मजबुत बनाउने कड़ी सहकारी हो भने हाम्रो देशमा कति धेरै सहकारी संस्था छन् किन हाम्रो देश अरु देश सँग प्रतिस्पर्धामा पिछडिएको छ । पिछडिएको कारण भनेको हाम्रो अर्थशात्रको कंडी नै कमजोर छ ।
हाम्रो देशमा भएका सहकारी संस्थाले प्रभावका रूपमा क्रियाकलापहरू गरिरहेका छैनन् । भनिन्छ सेतो कपडा मा छिट्टै दाग लाग्ने गर्छ त्यसैगरी यस संस्थाका केही सदस्यहरूको स्वार्थ पूर्वक क्रियाकलाप भएकाले हाम्रो देशका नागरिकहरूले यस्तो गति अथवा अवस्था देख्नुपरेको छ । हाम्रो कमजोरी त्यसमा मात्र हैन हाम्रो उद्यमी क्षेत्रमा भएको कमिले गर्दा नै अर्थशास्त्र मजबुत बनेको छैन । त्यसैले हामीले उद्यमशीलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ र निःस्वार्थ रूपमा सहकारीको सदस्य भई नकारात्मक कार्यलाई बढावा नदिकन क्रियाकलाप गर्नुपर्छ । तबमात्र हाम्रो देशले आर्थिक समृद्धि प्राप्त गर्ने छ ।
सहकारी एक लोकतान्त्रिक तथा प्रजातान्त्रिक संस्था हुन् । यो समूहको सदस्यले आफ्नो इच्छा अनुसार “सहकार्य गर्न स्थापित भएको सहकारी एक स्वैच्छिक संस्था हुन । यसमा लिङ्ग, वर्ग, वर्ण, जातजाति, राजनीतिको आधारमा भेदभाव हुँदैन । यसको वर्तमान समयमा धेरै आवश्यकता तथा महत्व भएकाले यसलाई प्रभावकारी रूपमा बढाउने जिम्मेवारी पनि सहकारीको हो । सहकारीले विभिन्न क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई यो संस्थामा संलग्न गराउनुपर्छ । यसको लागि हामीले विभिन्न कार्यक्रम सञ्चालन तथा अभियान जारी गर्नुपर्छ । हामी सबै नेपालीले मिलेर यस अभियानलाई “सहकार्यमा एकता, समृद्ध नेपाल निर्माणमा हामी सबैको भागिदारी” भन्ने नाराका साथ यसलाई सफल बनाउन अग्रसर हुनुपर्छ ।